काठमाडौँ ः १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले तेस्रो विकेट गुमाएको छ। भारतले एक सय १९ रन जोड्दा जितेश शर्मा व्यक्तिगत ५ रनमा आउट भए।
सन्दीप लामिछानेले उनलाई आउट गरे। भारतले १३ ओभरमा ३ विकेट गुमाएर एक सय १९ रन जोडेको छ।
सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले पनि एक एक विकेट लिए। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। यसस्वी जैसवाल ८१ रनमा खेल्दैछन्।