एमाले कर्णाली अध्यक्ष पदका उम्मेदवार गुलाबजंग शाहले १८० मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी मिनबहादुर शाहीले १०२ मत ल्याएका छन् भने प्रकाश रोकायाले ३ मत ल्याएका छन्।
उपाध्यक्षमा टेकराज पछाईले १६८, दानसिंह परियारले २२, लालबहादुर महाताराले ९६ मत ल्याएका छन्।
सचिवमा ध्रुब शाहीले २०७ र रुद्र शाहीले ७७ मत ल्याएका छन्।
उपसचिवमा रविन्द्र शर्माले १३०, रमेशकुमार शाहीले १२५ र पद्मा खड्काले ७१ मत ल्याएका छन्।