असोज१४,काठमाडौँ ः पञ्चायत कालमा बनेका उध्योगहरु यसरी समाप्त पारिए हुन ।
१. जनकपुर चुरोट कारखाना : तत्कालीन सोभियत सङ्घको प्राविधिक सहयोगमा स्थापित भएको जनकपुर चुरोट कारखानाको उद्घाटन वि. सं. २०२१ साल पौष २९ गतेका दिन राजा महेन्द्र बाट भएको थियो । सरकारी स्वामित्वको यो कम्पनीले देउराली , याक र गैंडा चुरोट उत्पादन गर्दथ्यो। वार्षिक २ अर्बभन्दा बढी चुरोटको उत्पादन गरिन्थ्यो भने ३६६ जनाले रोजगारी पाएका थिए । वि. सं. २०७० साल असार २० गते यो कारखाना बन्द हुँदा कार्यकारी प्रधानमन्त्री थिए खिलराज रेग्मी । यो कारखाना बन्द भएपछि त्यहाँ कार्यरत कर्मचारीहरु मात्रै बेरोजगार भएनन जनकपुर , महोत्तरी र सर्लाहीमा उत्पादन हुने सुर्ती खेती पनि समाप्त भयो र सुर्ती खेती गर्ने किसानहरुको आर्थिक अवस्था कमजोर भयो ।
२. वीरगन्ज चिनी कारखाना : वि. सं. २०२१ सालमा रुस सरकारको सहयोगमा स्थापना भएको हो वीरगन्ज चिनी कारखाना । यो उध्योगसँग दैनिक १५०० टन उखु पेल्ने क्षमता छ। यहाँ बाट उत्पादन हुने चिनी नेपालमा मात्र नभएर भारतको पटना बिहार आदि राज्यमा समेत निर्यात हुन्थ्यो । वि. सं. २०६१ सालमा जब शेर बहादुर देउवा तेस्रोपटक प्रधानमन्त्री भए तब यो उध्योग बन्द भयो । यो उध्योग बन्द भए संगै सर्लाही , सिराहा र सप्तरीमा किसानहरुले उत्पादन गर्ने उखु खेती समाप्त भयो ।
३. गोरखकाली रबर उध्योग :गोरखाको मझुवा देउरालीको ५६६ रोपनी क्षेत्रफलमा चीन सरकारको सहयोगमा वि. सं. २०४१ सालमा शिलान्यास भएको गोरखकाली रबर उध्योगले वि. सं. २०५० बाट उत्पादन सुरु गरेको थियो । कच्ची सडकमा चल्ने गाडीहरूका लागि यो टायर भारतीय र चिनिया टायर भन्दा राम्रो र गुणस्तरीय थियो । यो उध्योगबाट उत्पादन भएका टायरहरु भारत, श्रीलंका , बंगलादेश र लेबनान सम्म निर्यात हुन्थ्यो । ८० हजार टायर ट्रक का लागि र ४० हजार टायर अन्य गाडिका लागि उत्पादन गरिन्थ्यो । २३ प्रकारका टायर उत्पादन गर्ने यो उध्योगले ट्रकका लागि १२ प्रकारका, जिपका लागि ५ प्रकारका र कारका लागि ६ प्रकारका टायर उत्पादन गर्दथ्यो । टायर बिक्रीका लागि नारायणगढ, पोखरा , विराटनगर , काँकडभिट्टा , इटहरी , वीरगन्ज , बुटवल , भैरहवा , नेपालगन्ज लगायतका प्रमुख शहरमा बिक्री डिपो हरु थिए । गोरखकाली टायरले देशको ६०% टायरको माग पूरा गर्थ्यो । २०६२/६३ मा यश उध्योगका महाप्रबन्धक थिए विनोद कुमार तिवारी । उनी एक कुशल महाप्रबन्धक थिए । उनलेे गोरखकाली टायर उध्योगलाइ डेढ करोड भन्दा बढी नाफामा लगेका थिए । नाफामा गएको यो उध्योगलाइ तहस नहस पार्ने काम गर्यो नेकपा एमालेले । जब एमालेले उध्योग बाहिर बाट लक्ष्मीदास मानन्धर लाई सञ्चालक समितिको अध्यक्ष बनायो त्यही दिन देखि यो उध्योगको दुर्दशा सुरु भयो । काङ्ग्रेस र माओवादीले भाग खोज्न थालेपछी यो उध्योग थला पर्दै गयो । आफ्नै देशमा उत्पादन हुने टायर बन्द गरेर भारत, चीन , इटाली , अमेरिका, इजिप्ट, दुबई , ब्राजिल र निकारागुआ सम्मका वार्षिक ८ अर्बका टायर आयात गरिन्छन ।
४. बाँसबारी छाला तथा जुत्ता कारखाना : बाँसबारी छाला तथा जुत्ता कारखाना वि. सं. २०२२ सालमा स्थापना भएको थियो । बाँसबारी छाला तथा जुत्ता कारखाना बाट उत्पादन हुने जुत्ता सर्वसाधारण हुँदै नेपाल प्रहरी र नेपाली सेनाले समेत प्रयोग गर्दथ्यो । यो कारखानामा ५०० जना कामदार थिए। जसमा ५० प्रतिशात भन्दा बढी दलित समुदायका मानिस नै कार्यरत थिए । वि. सं. २०४८ सालमा यसलाई सरकारले निजीकरण गर्ने निर्णय सँगै यसको अवसान भयो । बाँसबारी जुत्ता उध्योगले देशको ५० प्रतिशत जुत्ताको माग पूरा गर्थ्यो । सरकारले जानाजन घाटामा गएको देखाएर यसको अस्तित्व नै समाप्त पार्यो । जब यो उध्योग बन्द भयो त्यो बेला प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोईराला । स्थापना भएको दुई दशकमै यो संस्था अवसान तर्फ अग्रसर भयो । यहाँको जुत्ता उत्पादन गर्ने मेसिन पाकिस्तान लाई बेचिएको थियो जुन मेसिनले पाकिस्तानले अहिले पनि जुत्ता उत्पादन गर्दछ ।
५.भृकुटी कागज कारखाना : नेपाल लाई कागजमा आत्मनिर्भर बनाउन चीन सरकारले वि. सं. २०३९ सालमा भृकुटी कागज कारखाना निर्माण गरि नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यो कारखानाले झण्डै देशको ६० प्रतिशत कागजको माग पूरा गर्थ्यो। यहाँ बाट उत्पादन हुने कागज उच्च गुणस्तरको थियोे । जुन कागज बंगलादेश इन्डिनेशिया आदि देशमा निर्यात हुन्थ्यो । बंगलादेशले बिशेष प्रकारको कार्ड छाप्न भृकुटी कागज कारखानाले उत्पादन गरेको कागज आयात गर्थ्यो । वि. सं. २०४९ सालमा नेपाली काङ्ग्रेसको सरकारले यसलाई कौडिको भाउमा गोल्छा समुहलाइ बिक्रि गर्यो । यो देशको नामि र गर्व गर्न लायक उध्योग बिक्री गर्ने खलनायक थिए प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । उच्च गुणस्तर को कागज उत्पादन गर्ने यो उध्योग समाप्त भएपछि त्यहाँ कार्यरत १, ००० भन्दा बढी कर्मचारी हरुलाइ बेरोजगार बनाइयो भने पाल्पा , स्याङ्जा , अर्घाखाँची , बागलुङ र कास्कीका बाबियो उत्पादन गर्ने जनता हरुको रोजिरोटी पनि समाप्त पारियो ।
६. हेटौंडा कपडा उध्योग : वि. सं. २०३२ सालमा चीन सरकारको सहयोगमा स्थापना भएको हेटौंडा कपडा उध्योगले वि. सं. २०३५ साल देखि उत्पादन सुरु गरेको थियोे । वार्षिक दुई हजार तीन सय मेट्रीकटन धागोले दुई करोड पचास लाख मिटर कपडा उत्पादन गर्थ्यो हेटौंडा कपडा उध्योगले । सुति कपडामा मुलुक लाई आत्मनिर्भर बनाएको यो उध्योगले झण्डै एक हजार दुई सय कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको थियो । वि.सं. २०५७ साल फागुन १ गते यो उध्योग बन्द हुँदा प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला उनी फेरि एकचोटि नेपाली उध्योगका लागि खलनायक साबित भए यो उध्योग बन्द गराएर ।
७. बुटवल धागो कम्पनी : वि.सं. २०३९ सालमा स्थापना भएको थियो बुटवल धागो कम्पनी । बुटवल धागो कम्पनी देशकै शानको रुपमा रहेको थियो । १७३ रोपनी क्षेत्रफलमा फैलिएको यो कम्पनी २०६६ साल देखि बन्द छ । बाँके, बर्दिया , कैलाली र कञ्चनपुरमा उत्पादन हुने कपास बाट यो उध्योगले धागो उत्पादन गर्ने गर्दथ्यो । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १००० भन्दा बढी व्यक्ति लाई रोजगारी दिएको यो उध्योग बन्द भए सँगै सबै को रोजिरोटी समाप्त भयो यो उध्योग समाप्त पारिदा नेपालका प्रधानमन्त्री थिए प्रचण्ड र माधव नेपाल ।
८. टर्पेन्टाइन उध्योग :पश्चिम कञ्चनपुरमा टर्पेन्टाइन उध्योग थियो । सुदुर पश्चिमका जिल्लामा रहेका सल्लाक रुखहरु बाट खोटो ल्याएर तेल उत्पादन गरिन्थ्यो । त्यो तेल उत्पादन गर्ने उध्योग पनि बन्द गराएपछी त्यहाँका मानिसको कमाइ खाने व्यावसाय बन्द भयो । पञ्चायत कालमा बनेका यी उध्योग हरु जुन देशको गौरवको रुपमा स्थापित थिए ।ती उध्योग हरु नवउदारवादको नाममा निजीकरण गरिए र जानाजन समाप्त पारिए । नाफामा चलिरहेका यी उध्योगहरु विभिन्न षड्यन्त्र गरेर घाटामा देखाएर जनतालाइ झुक्याएर समाप्त पारिए र देशका नागरिक हरुलाइ बेरोजगार मात्रै बनाइएन उनीहरुको कमाइ गरि खाने व्यवसाय नै बन्द गरि दिए । स्वदेशी उध्योग बन्द गरेर बिदेशबाट आयात गरि कर लगाएर देश विकास गर्न सकिन्छ भन्ने गलत भाष्री निर्माण गरे। यस विषयमा कसैले आवाज उठाएनन नत सञ्चार माध्यमहरुले नै लेखे नत विश्व विध्यालय हरुले अनुसन्धान नै गरे । वास्तवमा भन्ने हो भने नीति र सिद्धांत भन्ने कुरा आफ्नो देश र माटो सुहाउँदो हुनु पर्दछ । न कि अरुको अनुकरण ।
दिलेन्द्र अवस्थि