काठमाण्डाै ः डेउडा सास्कृतिक मन्चले काठमाडौंमा ‘देउडा आइडल(२०८०)’ आयोजना गर्ने भएकाे छ। आज काठमाण्डाैकाे थापागाँउमा आयाेजित पत्रकार सम्मेलन मार्फत ‘देउडा आइडल(२०८०)’ आयोजना हुने जानकारी मन्चका संयाेजक गायक महेश औजीले बताउनु भएकाे छ ।
उक्त डेउडा आयडल अवकाे ३ महिना भित्र टिभि टुडे टेलिभिजन मार्फत प्रशारण हुने बताएका छन । उनले भने बिविध साँस्कृतिक पहिचान बोकेको हाम्रो नेपालको पश्चिम भुभागमा अवस्थित सुन्दर रमणीय धनी नेपाली भाषाको उद्गम स्थल कर्णाली प्रदेश र मौलिक साँस्कृति भएको सुदुर पश्चिम प्रदेशमा विशेष सााँस्कृतिक पहिचानको रुपमा डेउडा सस्कृति रहेको छ । मौलिक भाषा, भेषभुषा लोप हुन लागेका विविध सँस्कृतिको सँरक्षण,संम्बर्धन तथा पर्यटनको विकाश गर्न अहिलेको महत्वपुर्ण रहेकोले सोही आवश्यकता पुरा गर्नका साथै यस क्षेत्रका कुना कान्दरामा लुकेर रहेका गला र कलाका धनि बहुप्रतिभाको खोजि गरी डेउडा गित संगितलाई स्थानिय स्तरबाट राष्ट्रिय हुदैँ अन्र्तराष्ट्रिय स्तर सम्म विशिष्ट पहिचान स्थापित गर्ने मुल उद्धेश्यका साथ देउडा साँस्कृतिक मञ्चले पहिलो पटक देउडा आईडल(२०८०) गर्न लागेको कार्यक्रम संयोजक महेश कुमार औजिले बताउने भयाे ।
कार्यक्रमकाे आयाेजक टिम यस्ताे रहेकाे छ ।
कार्यक्रम संयाेजक महेश कुमार औजी
कार्यक्रम निर्देशक दिनेश दड्का
निर्णायक मण्डल नन्दकृष्णा जाेशी तिलक सिंह पेला , टिका पुन
व्यवस्थापक मा जनक बहादुर बाेहरा ,रमेश परियार, पुष्कर राज जाेशी , गाेकर्ण उपाध्याय, गंगा जाेशी , बिरेन्द्र सिंह धामी
कथा लेखन राम अविरल विष्ट
उद्वधाेषक राकेश दयाल , अनिता चलाउने
साथै कार्यक्रम प्रायाेजक हिमाल डेन्टल हस्पिटल र ब्राेकास्ट पार्टनर टिभि टुडे हुने भएका छन ।
थप जानकारी अव हुने प्रेस मिट बाट दिइने बताउनु भएकाे छ।
