नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा अध्यक्षका प्रत्यासी सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्।
उनले सर्वसम्मतिका लागि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
‘सर्वसम्मतिका लागि नेताहरूले आग्रह गर्नुभयो। मैले उम्मेदवारी कायम राखिनँ,’ उनले भने।
अर्का उम्मेदवार केशरबहादुर बुढाथोकीले आफ्नो उम्मेदवारी कायम राखेको बताएका छन्।
‘सधैंभरि एउटै व्यक्तिलाई बोकेर हिँडिराख्ने भन्ने कुरा हुँदैन। मेरो उम्मेदवारी फिर्ता भएको हल्ला चलाइएको रहेछ। मेरो उम्मेदवारी कायम छ,’ उनले भने।
अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेल पनि प्रतिस्पर्धामा छन्। उनीहरू नै मुख्य प्रतिस्पर्धी रहेको एमाले नेताहरूले बताएका छन्।