१०,असोज काठमाडौं । साताको चौथो दिन सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।
बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको
छ ।
अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी आज १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।