८,असोज धनगढीः २०७७ सालमा कैलालीमा सरकारी छाप दस्तखत किर्ते मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परे। गोदावरी नगरापालिका–३ का ६३ बर्षीय ईश्वरीप्रसाद दाहाल सोहि मुद्दाका फरार प्रतिवादी थिए।
जिल्ला मालपोत कार्यालय बर्दियामा २०६५ सालमा खरिदार पदमा कार्यरत रहँदा दाहालसहित दुई जनाले नेपाल सरकारका नाममा रहेको बर्दिया जिल्लाका विभिन्न स्थानका जग्गाको किर्ते कागजपत्र बनाई विभिन्न व्यक्तिबाट आर्थिक लाभ समेत लिएर किर्ते लालपुर्जा बनाइदिएका थिए। त्यस्तै २०७७ मै सरकारी छाप किर्ते दस्तखत मुद्दाका अर्का एक फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
धनगढी उपमहानगरपालिका–१९ का २५ वर्षीय नवराज चौधरी पक्राउ परेका थिए। उनी धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकस्थित ट्राफिक प्रहरीले से ३ प ९३२० को मोटरसाईकिल चेकजाँच गर्ने क्रममा यातायात व्यवस्था कार्यालय सेतीबाट जारी गरेको सवारी चालक अनुमतिपत्र किर्ते गरी चलाइहेको अवस्थामा भेटिएका थिए।
कैलाली जिल्ला अदालतबाट धरौटी तारेखमा छुटेका उनलाई २०७३ जेठ २५ गते जिल्ला अदालतको फैसलाले ११ महिना ३ दिन कैद र ५० हजार जरिवाना तोकेको थियो। यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। सुदूरपश्चिममा यसरी सरकारी छाप दस्तखत किर्ते गरेर अनुचित लाभ लिनेको संख्या बढ्दो क्रममा देखिएको छ। ठगीका नयाँनयाँ शैलीमध्ये सरकारी छाप दस्तखत किर्ते गरेर अनुचित लाभ लिनेहरु बढ्न थालेका छन्।
सुदूरपश्चिममा सरकारी छाप दस्तखत किर्ते गर्ने ८ जना विरुद्ध गत वर्ष मात्र मुद्दा दायर भएको छ। आर्थिक वर्ष २०७७र७८ मा १२ जना विरुद्ध सरकारी छाप दस्तखत किर्तेमा मुद्दा दायर भएको थियो। यो संख्या आर्थिक वर्ष २०७८र७९ मा पुगेर १६ पुगेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७र७८ देखि आर्थिक वर्ष २०७९र८० सम्म मात्र ३६ जना विरुद्ध सरकारी छाप दस्तखत किर्तेमा मुद्दा दायर भएको छ।