काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को उपाध्यक्षमा रोशन सिंहले र सचिवमा पारस खड्काले उम्मेदवारी दिएका छन् । उनीहरु दुवैले अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट मनोनयन गर्दा गरेका हुन् ।
मनोनयन दर्ता गर्ने समय पौने ११ बजेसम्म छ । सचिवमा प्रशान्त विक्रम मल्लले पनि मनोनयन दिने तयारी गरेका थिए ।
तर, अहिलेसम्म उनले आफ्नो मनोनयन फाराम खल्तिमा बोकेर बसिरहेको स्रोतले बतायो । उनी चतुरको प्यानलमा पर्न नसकेपछि उम्मेदवारी दिने नदिनेबारे दोधारमा परेका हुन् ।