काठमाडौंको बानेश्वर केन्द्रित शिक्षकको आन्दोलनले सवारी ट्राफिक जाम बढेको छ।
माइतीघरदेखि नयाँ बानेश्वरमा संचालन हुने सवारी साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार माइतीघरबाट बानेश्वरस्थित बेकरी क्याफेसम्म शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। जसले गर्दा सवारी चाप बढेको हो।
सवारी चापलाई व्यवस्थापन गर्न तीनकुने, कालीमाटी, बल्खुबाटै ठूला सवारी साधनलाई डाइभर्सन गरिएको छ।
सदनमा पेस गरिरहेको शिक्षा विधेयकलाई विरोध गर्दै शिक्षक महासंघको अगुवाईमा सुदुरपश्चिम प्रदेश लगाएत क्रमश सबै प्रदेशको सहभागितामा बिहान १० बजे देखि चरणबद्ध आन्दोलन जारी छ । शिक्षकहरुसंगै छलफल वार्ता गर्न भने सरकारलाई सकस भईरहेको छ ।