नेपाल एक कृषि प्रधान देश हो । यहाँ तराईको समथर मैदन देखि लिएर हिमालको काख सम्म खेतिपाति गरिन्छ । त्यसमा पनि फलफुल धेरै उत्पादन हुन्छन । जस्तैः जुनारको लागि सिन्धुलि, ए भोकाडो लागि धनकुटा, सुन्तलाको लागि स्याङ्जा,गोरखा, स्याउका लागि मनाङ,मुस्ताङ, हुम्ला,जुम्ला, डोल्पा आदि जिल्लाहरु प्रख्यात छन ।तर किसानहरुको एउटा बिडम्बना के छ भने उनिहरुले उत्पादन गरेका फलफुलहरुले नेपालको बजार प्रसस्त पाउन सकेका छैनन । नेपाल सरकारको अदुरदर्शि निति यसको मुख्य कारण हो ।
नेपाल सरकारले फलफुल खेति गर्ने कृषकहरुका लागि समयमै मल उपलब्ध नगराई दिँदा पलफुल खेतिलाई उच्च प्राथमिकतामा नराख्दा, उचित बजार व्यवस्थापन नगरि दिँदा किसानहरु यो प्रति खासै आकृषित हुन सकेका छैन। जस कारण नेपालि युवाहरु निरास भएर बिदेशिन बाध्य भएका छन ।
नेपाल सरकारले युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न बाझो जमिनमा फलफुल खेति गर्ने नीति ल्याउनु पर्दछ । यसका लागि फलफुल खेति गर्ने युवाहरुलाई सहुलियतमा ऋण उपलब्ध गराउने बजारको व्यवस्थापन गरिदिने नेपालि बजारमा नेपालमा उत्पादन भएका फलफुल मात्रै बेच्न पाउने र निर्यातलाई उच्च प्राथमिकतमा राखिदिने हो भने युवाहरुलाई यस तर्फ आर्कषित गरी बिदेश पलायन बाट रोक्न सकिन्छ ।