काठमाडौं । काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष प्रहरीले निकालेको छ । आज पक्राउ परेका व्यक्ति एक्लै घटनामा जिम्मेवार रहेको ठहर गरिएको हो ।
घटनास्थलको सीसीटीभी क्यामरामा कैद भएका व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । उनले नै सबैको हत्या गरेको देखिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।
यसअघि अपराध अनुसन्धान महाशाखाले घटनाको जानकारी गराउन आएका दीपेन्द्र राईलाई पक्राउ गरेर राखेको थियो । तर, उनको घटनामा संलग्नता नदेखिएको परिसर स्रोतको दाबी छ । परिसरले आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।