बैतडी । बिशालपुर माध्यमिक बिद्यालय मेलौली नगरपालिका-०९ बिशालपुर रोकटाको ६६ औँ बार्षिकोत्सब तथा अभिभावक सम्पन्न भएको छ। शुक्रबार बिद्यालय प्राङ्गणमा एक कार्यक्रमका बिच ६६ औँ बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरिएको बिद्यालयका प्रधानाध्यापक खडक सिह बिष्टले बताए।
कार्यक्रममा बिद्यालयको बार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक बिष्टले बिद्यालयको कुल आय १ करोड ३२ लाखँ ५३ हजार १८९ रुपैया ८ पैसा रहेको बताए। यसैगरी कुल खर्च १ करोड १५ लाखँ ४१ हजार ३३० रुपैया ३७ पैसा र १७ लाख ११ हजार ८५८ रुपैया ७१ पैसा मैज्दात रहेको प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो।
बिद्यालयले बर्षभरिमा गरेका बिभिन्न कार्यक्रमको प्रगती र समिक्षा पनि गरिएको थियो। बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजु भट्टको सभाध्यक्षता र मेलौली नगरपालिका नगर उप–प्रमुख पार्वती बोहरा बिष्टको प्रमुख अतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बोल्दै नगर उप–प्रमुख बिष्टले समग्र मेलौली नगरपालिकाको शैक्षिक स्तर सुधार गर्न नगरपालिका प्रतिबद्ध रहेको समेत बताएका थिए। नगरपालिकाबाट हुने र आफुले बिभिन्न माथिल्लो निकायसगं समन्वय गरी शिक्षा प्रणालीमा कसरि सुधार ल्याउन सकिन्छ भनि पहल गर्ने बताएका थिए।
कार्यक्रममा बिभिन्न बिभिन्न संघ सस्थामा आबद्ध कर्मचारी, राजनिति दलका प्रतिनिधि, समाजसेबी, पत्रकार र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रममा सास्कृतिक एंब मनोरञ्जनात्मक प्रस्तुतीहरु देखाईएको थियो।
कार्यक्रमलाई सामुदायिक रेडियो मेलौली एफएमले दिनभर प्रत्यक्ष प्रशारण गरेको थियो। Melauli news