२७, भदौ बैतडी ।पन्चेस्वर गाउँपालिका लाडागाउमा रहेको श्री केदार आधारभुत विद्यालयले भव्यताका साथ ५९ औँ बालदिवस कार्यक्रम सम्पन्न गरेको छ ।
“बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ एक औपचारिक कार्यक्रमका बीच ५९ औँ बालदिवस कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक हिरा राम वडले बताउनुभयो ।
बालदिवस कार्यक्रममा सभापति बिद्यालयका जेष्ठ सद्सय गजेन्द्र नेपाली , प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति सदस्य तथा पन्चेस्वर गापा चार का वडा सदस्य मनि दत्त भट्ट विशिष्ट अतिथी सिक्षक खेमराज भट्ट लगायत विद्यालय व्यवस्थापन समितिका अन्य पदाधिकारी, अविभावक, शिक्षक, शिक्षिका सहित विद्यार्थीको उपस्थिति रहेको थियो ।

बालबालिकाहरूको अधिकारको संरक्षणको निमित्त जिम्मेवारी वहन गरेको बालदिवस कार्यक्रममा प्रभातफेरी कार्यक्रम अन्तरगत बालअधिकार विषयमा विद्यार्थीले नारा लगाउँदै बालदिवस कार्यक्रमको सुभारम्भ गरेका विद्यालय का सिक्षक तथा कार्यक्रम का सन्चालक बिरेन्द्र भट्टले जनाएको छ ।
बालदिवस कार्यक्रममा विद्यालयले अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगिता र नृत्य प्रतियोगिताको आयोजना गरिएको विद्यालयका सहायक सिक्षक भट्ट ले जानकारी दिनुभयो ।
वक्तृत्वकला प्रतियोगिता र नृत्य प्रतियोगितामा विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका साथै बालअधिकारको बारेमा खुलेर बोल्न सक्ने क्षमता देखाउन सफल भएका थिए ।
कार्यक्रममा सहभागि प्रमुख अतिथि, विशिष्ट अतिथी लगायत अन्य सहभागिले बालअधिकारको सुनिश्चित भविष्यको निर्माण गर्न आफूहरुले पहल गर्ने बताउनुभयो ।
बालदिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिता र नृत्य प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई विद्यालयको वार्षिकोत्सव समारोहमा उचित पुरस्कारको व्यवस्था गरिएको विद्यालयले जनाएको छ।