विष्ट नेपालकै कान्छो वडाध्यक्ष हुन् ।

२९,भदौ बैतडी– मेलौली नगरपालिका–८ का वडाध्यक्ष तपेन्द्र सिंह विष्ट घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउन आफैं खट्छन् । भौगोलिक रूपमा विकट नगरपालिका भएको हुँदा सबै वृद्धवृद्धालाई बैंक जानुस् भन्ने सम्भव नभएको विष्ट बताउँछन् ।
पहिलो वर्ष केही अनुभवको कमी र काम गर्दै जाँदा केही स्थानीय वडाध्यक्षको कार्यशैलीबाट असन्तुष्ट भएको थाहा पाएपछि आफूले कार्यशैलीमै सुधार ल्याएको दाबी गरे
पालिकाखबरसँगको संवादमा उनले आफ्ना वडावासीको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर जनताकै सेवामा दिनरात खटिरहेको बताए । वडाले हालसम्म गरेका निर्णय र वडाध्यक्षको सक्रियताबाट स्थानीय सन्तुष्ट रहेका उनको दाबी छ । निर्वाचनको समयमा आफूले स्थानीयसमक्ष गरेको केही प्रतिबद्धता पूरा गरिसकेको र केही प्रक्रियामा रहेको उनले वडाध्यक्ष सिंहले बताए ।
शैक्षिक सुधार, सडक विस्तार, खानेपानीको समस्या समाधानलगायत जनताका मागहरू पूरा गर्दै आएको उनले बताए । मेरो बाँकी कार्यकालसम्ममा जनताका माग सम्बोधनमै बित्नेछ, उनले भने, जनताको अधिकांश समस्याको समाधान गर्नेछु । प्रतिबद्धअनुसारको काम गरिरहेकै छु ।
उनका अनुसार वडा नम्बर ८ का सबै सामुदायिक विद्यालय तथा बालविकास केन्द्रमा रहेका शिशु कक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको र वृद्धवृद्धालाई थर्मस वितरण गरेको सुनाए ।
‘शिशु कक्षाका विद्यार्थीलाई एलसिडी राइटिङ ट्याब्लेट र कक्षा एकका विद्यार्थीलाई पुनः प्रयोग गर्न सकिने म्याजिक कापीहरू वितरण गरेको थिए,’ उनले भने, ‘सामुदायिक विद्यालय र आधारभूत स्वास्थ्य केन्द्रलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरेको थिए ।’
भौगोलिक विकटताले आफ्नो वडाभित्र विभिन्न समस्या रहेको उनले सुनाए । ‘वडामा खानेपानी, सडक विस्तार, विद्युत्, स्वास्थ्य शिक्षालगायतमा समस्या छन्,’ उनले भने, ‘बनेका सडक पनि पहिरोले अवरुद्ध गरेका छन् । समयमा सञ्चालन गर्न नसक्दा जनता मारमा परेका छन् ।’ वडाभित्र विभिन्न समस्या भए पनि समाधान गर्दै अघि बढ्ने उनले बताए ।
पहिलो वर्ष केही अनुभवको कमी र काम गर्दै जाँदा केही स्थानीय वडाध्यक्षको कार्यशैलीबाट असन्तुष्ट भएको थाहा पाएपछि आफूले कार्यशैलीमै सुधार ल्याएको दाबी गरे । ‘गत वर्ष जनतासँग मप्रति वितृष्ण, निराश, आक्रोस देखिन्थ्यो । तर यो वर्षमा त्यस्तो छैन, मसँग खुसी नै हुनुहुन्छ,’ उनले भने ।
जनताले दिएको सुझावलाई मार्ग निर्देशनको रूपमा लिँदै आएको उनको भनाइ छ । वडाको सार्वजनिक सुनवाइ तथा अन्य छलफलमा आफूलाई वडावासीले सुझाव र सल्लाह दिने उनले बताए । उनले भने, ‘सार्वजनिक सुनुवाइमा जनताले सुझाव दिनुभयो । सोही सुझाव नै मेरो लागि मार्ग निर्देशक भयो ।’