काठमाडौं, भदौ २४
अहिले हलमा प्रदर्शन भइरहेको शाहरुख खान स्टारर ‘जवान’मा समावेश नेपालको पुरानो नक्सा चुच्चो नभएको दृश्यलाई फिल्मबाट हटाइएको छ ।
सामाजिक सञ्जाल र मिडियामा यसबारे टिप्पणी भएपछि उक्त नक्साको दृश्य हटाइएको केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।
सन् २०१९ नोभेम्बरमा भारतले नेपाली भूभाग समेटेर नयाँ राजनीतिक नक्सा जारी गर्यो । त्यसको विरोधमा नेपालले पठाएको कूटनीतिक नोटलाई बेवास्ता गर्दै भारतले लिपुलेक क्षेत्रमा सडक बनाउन थालेपछि नेपालले पनि नयाँ राजनीतिक नक्सा जारी गर्यो । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेटर जारी भएको नयाँ नक्सालाई २०७७ जेठमा संसदले सर्वसम्मत पास गर्यो ।