काठमाडौँ ः आज ललितपुरमा हरितालिका तिज महोत्सव मनाइएको छ।शनिवार महिलाहरुलले ललितपुरमा रहेको बुद्ध पार्टी प्यालेसमा हरितालिका तिज महोत्सव मनाएको हो।
महिलाहरूको महान पर्व तिजको अवसरलाई योग साधना प्रवर्धन गर्ने अवसरका रूपमा प्रचारप्रसार गर्न बुद्ध पार्टी प्यालेसमा महोत्सव माइएको हो।
महोत्सवमा महालक्ष्मि नगरपालिकाका लगभग सबै वडाका महिलाहरूको उपस्थिति रहेको थियो। तिजलाई खर्चिलो र भड्किलो नबनाएर आपसी सम्बन्ध समधुर बनाउन बनाउने अवसरको रूपमा ग्रहण गर्न महोत्सव आयोजना गरिएको बताएको छ। कार्यक्रममा सुमधुर गीतहरूमा नृत्य र सार्विक भोजन ग्रहण गर्ने प्रबन्ध मिलाइएको थियो।