काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको आकश्मिक, शून्य र बिशेष समयमा आक्रमणको विषयलाई दिएर सांसदहरूले आवाज उठाएपछि सभामुख घिमिरेले यादवमाथि भएको आक्रमणको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।
सभामुख घिमिरेले कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको घटनाका विषयमा समेत जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन्। बिहीबार बैठकमा सांसदहरूले यादवमाथिको आक्रमण र बालिका मृत्युको घटनामा छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए।