काठमाडौँ ः बैतडी जिल्लाको पाटन पञ्चेश्वर सडक खण्डमा लगभग ३६ कि.मि. को सडक खण्ड पुर्णरुपमा कालोपत्रे भए पश्चात बैतडी जिल्ला पूर्वाधार विकाश कार्यालयलाई बुझाएको अवस्थामा उक्त पूर्वाधार कार्यालयबाट मर्मत सम्भारका लागि खटाएका कर्मचारीहरु द्वारा रेखदेख तथा मर्मत सम्भार गर्दै आईरहेको कमचारीको अभावका कारण सडक लथालिङग रहेको हुदा उक्त पूर्वाधार कार्यालयले मर्मत सम्भारको लागि भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बुझाएका आवश्यक निति तथा निर्माणका कुराहरु सो मन्त्रालयले मर्मत सम्भार गर्न आफ्नो मातहत नराखि प्रदेश सरकार मातहत रहने गरी सुदुरपश्चिम प्रदेश अन्र्तगत रहेको पूर्वाधार विकाश विभागलाई नै जिम्मा लगाई सकेको हुदा भौतिक तथा पूर्वाधार मन्त्रालयले बुझाएका निति निर्माण कार्यहरु बनाई कार्यान्वयन गर्नको लागि सुदुरपश्चिम प्रदेश सरकारले पूर्वाधार विकाश सम्बन्धि कालोपत्रे भईसकेका सडकहरुमा कुनै पनि मर्मत सम्भारका लागि आवश्यक कर्मचारीहरुको पहल नगरेको देखिएकोले समयमा मर्मत तथा सम्भारको लागि निति निर्माण तय गरी कार्यान्वयनमा ल्याउनुका साथै राष्ट्रिय सम्पतिको संरक्षण सम्बर्द्धन गरी दिन भनि राष्ट्रिय स्वतन्त्र पार्टी मेलौलीको तर्फबाट ज्ञापनपत्र बुझाएको छ । सो ज्ञापनपत्र बुझाएको जानकारि हामिलाई रास्वपाका नगर सभापति अर्जुन दत्त भट्टले दिनुभएको छ ।
