बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।
उनले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज बिहान भेटेर राजीनामा बुझाएको राससले जनाएको छ। काफ्लेलाई प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।
annapurna