काठमाडौ ः आज बैतडीको मेलौली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी मेलौली नगर समितिको बैठक सम्पन्न भएको छ । सो बैठकमा नेपालि कांग्रेस पार्टी परित्याग गरी २ जना रास्वापा मा प्रवेश गरेको नगर पार्टि सभापति अर्जुन दत्त भट्टले जानकारि दिएका छन ।
पार्टी प्रवेश गर्नेमा मेलौली नगरपालिका वार्ड नं.५ खलिगाडका विगत लामो समय देखि नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य रही वडा सभापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएका श्री प्रेमप्रकाश जोशी र मे.न.पा. ७ काँडाका श्री सुरेन्द्र प्रसाद भट्ट ले पनि नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य परित्याग गरि आज राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रबेश गर्नु भएको कुरा नगर सभापति भट्टले जानकारी दिएका छन । सुरेन्द्र प्रसाद भट्टलाई Rat Team को सह-इन्चार्ज र प्रेमप्रकाश जोशीलाई नगर समिति अन्तर्गत रहेको संगठन विभाग प्रमुख (संयोजक) को जिम्मेवारी दिइएको छ ।
पुराना विभिन्न स्थापना पुराना पार्टीहरु परित्याग गरि नयाँ पार्टि प्रवेश गर्ने लहर चलिरहेको र पुराना पार्टिहरुले कुनै पनि जनताका आधारभुत आवश्यकता परिपुर्ति समेत नगरेको हुदा पार्टि परित्याग गरि रास्वपामा प्रबेश गरेको सुरेन्द्र भट्टले जानकारि दिएका छन ।

