काठमाडौं : एसिया कपको तेस्रो खेलमा यतिबेला भारत र पाकिस्तान भिडिरहेको छ। श्रीलंकाको क्यान्डीमा टस जितेर ब्याटिङ गरेको भारतले १४ ओभरमै ४ विकेट गुमाएको छ। भारतले कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयस लयरको विकेट गुमाएको हो।
रोहित र विराटलाई पाकिस्तानका फास्ट बलर सहिन शाह अफ्रिदीले विकेट लिए भने श्रेयसको विकेट हरिस राउफले लिए। रोहित ११ रन, विराट ४ रन, श्रेयस १४ रन,सुभमन गिल १० रन बनाएर पेभेलियन फर्किए। भारतले १४.१ ओभरमा ४ विकेट गुमाएर ६६रन बनाएर खेल्दैछ।