बैतडी । मेलौली नगरपालिका-०१ मा रहेको शितलपुर माविले आफ्नो स्थापनको ३६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ। हिजो शुक्रबार एक भब्य कार्यक्रमका बिच ३६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाईएको बिद्यालयका प्रधानाध्यापक धनसिह नायकले बताए। कार्यक्रममा बिद्यालयको बार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
बिद्यालयका प्रधानाध्यापक धान सिह नायकले बिद्यालयको कुल आय १ करोड ४७ लाख ७ सय १६ रुपैया २ पैसा रहेको जानकारी गराएका थिए। यसैगरी कुल खर्च ९५ लाख ६७ हजार ७ सय ५ रुपैया ६० पैसा र मौज्दात ९ लाख ९ हजार ३१० रुपैयाँ ४२ पैसा प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो। बिद्यालयले बर्षभरिमा गरेका बिभिन्न कार्यक्रमको प्रगती र समिक्षा पनि गरिएको थियो। बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयदेब सिह नेगीको र मेलौली नगरपालिका नगर–प्रमुख भिम बहादुर चन्द प्रमुख अतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको हो। यसैगरी कार्यक्रममा मेलौली नगरपालिका नि–वर्तमान नगर प्रमुख कृष्ण सिह नायक र वडा अध्यक्ष शरद सिह नेगी बिशिष्ट अतिथि रहनु भएको थियो।
वडा अध्यक्ष शरद सिह नेगीले आफुले पाउने सेवा सुविधाबाट बिद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार दुईजना बिद्यार्थीलाई ५ हजार १ सय रुपैया सहयोग गर्नुभएको बिद्यालयले जनाएको छ। कार्यक्रममा बिद्यालयका पूर्ब बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दशरथ सिह नायकलाई बिद्यालयले सम्मान समेत गरेको छ। नायक समाजिक सेवामा निरन्तर तथा सदाबाहार समाजसेववि हुन। उनले लगातार २ पटक विधालय व्यवस्थापक समितिको अध्यक्ष भइसकेका हुन । कार्यक्रममा बिभिन्न बिभिन्न संघ सस्थामा आबद्ध कर्मचारी, राजनिति दलका प्रतिनिधि, समाजसेबी, सञ्चारक्रर्मी र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रममा सास्कृतिक एंब मनोरञ्जनात्मक प्रस्तुतीहरु राखिएको जानकारी सुसासनका सम्वाददाता सृजना नायकले जानकारी दिनुभयो ।