काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनैपूर्णिमा, रक्षा बन्धन र गाईजात्रा जस्ता पर्वहरूले नेपाली नेपालीबीचको आपसी सद्भावलाई थप बलियो बनाउने बताएकी छन् ।
एक शुभकामना सन्देश जारी गर्दै पूर्व राष्ट्रपति भण्डारीले विविध संस्कृति र परम्पराले नेपालीहरुबीच आपसी प्रेम, सद्भाव र भ्रातृत्वलाई प्रगाढ बनाउने बताइन् ।
देश काल र परिस्थितिजन्य परिबन्धमा फाटिएका मनलाई पुनः जोड्ने विशेषयता हाम्रा चाडपर्वहरूमा रहेको उनको सन्देशमा उल्लेख छ ।
