काठमाडौँ : समाजवादी मोर्चाले अन्तिम समयमा धनगढीको सभा स्थगित गरेको छ।
समाजवादी मोर्चाले बुधबार दिउँसो १ बजे सुदूरपश्चिमको धनगढीमा सभा राखेको थियो।
‘माथिबाट अहिले स्थगित भयो भन्ने जानकारी दिनु भएको छ। के कारणले स्थगित भयो भनेर बताइएको छैन,’ माओवादी केन्द्रका नेताले भने।
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले तयारी नपुगेकाले स्थगित गरिएको बताए।
धनगढीको सभाको व्यवस्थापन एकीकृत समाजवादीकै भागमा परेको छ।
समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्दै छ। भदौ ८ गते वीरगञ्जमा र मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा सभा आयोजना गरेको थियो।
आजबाट कार्यान्वयन सुरू हुने एमसिसी परियोजनाको विपक्षमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गाउँ केन्द्रित विरोध गरिरहेको छ।
आजको कार्यक्रममा उनले नआउने तयारी गरेका थिए। बुटवलको सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयनमा आउनुपर्ने बताएका थिए।
यस्तै मोर्चाको एउटा घटक एकीकृत समाजवादीले त एमसिसी परियोजना कार्यान्वयनको अनुगमनका लागि संसदीय समिति बनाउनुपर्ने बताउँदै आएको छ।
एमसिसी परियोजनाबारे मोर्चा घटकबीच मत बाझिएको कारणले पनि आजको सभा सरेको हुन सक्ने नेताहरूले बताए।