काठमाडौं : प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा जनमत पार्टीका अब्दुल खान सर्वसम्मत चयन भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मन भएका हुन्।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खानविरुद्ध आइतबार रास्वपाका पराजुलीले समेत उम्मेदवारी दिएका थिए। दुई जनाको उम्मेदवारी परेपछि संसद सचिवालयले सोमबार निर्वाचनको तयारी गरेका थिए।
अन्य ९ समितिमा भने एकल उम्मेदवरी परेको थियो। सोमबार बस्ने समितिको बैठकले सबै समितिका उम्मेदवारलाई निर्विरोध चयन भएको घोषणा गर्नेछ।