भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रमामा लेन्डर अवतरण गरेको ठाउँलाई शिव शक्ति पोइन्ट भनिने बताएका छन्। मोदीले सो कुरा शनिबार बेङ्लोर रहेको इश्रोको नेटवर्क कमाण्डर सेन्टरमा पुगेर त्यहाँका वैज्ञानिकहरूसंग भेटघाटका क्रममा भनेका हुन ।
मोदीले सो कुराकानीमा भने चन्द्रमाको त्यो भाग जसमा हाम्रो चन्द्र यान अवतरण भएको छ त्यो ठाउँ अब शिव शक्तिले चिनिने छ उनले थपे एकातिर विक्रमको विश्वास छ अर्कोतिर प्रज्ञानको बहादुरी छ हाम्रो प्रज्ञानले निरन्तर चन्द्रमामा आफ्नो छाप छोडिरहेको छ । विभिन्न क्यामराबाट खिचिरहेको तस्बिरहरू अचम्मका छन् ।पृथ्वीको करोडौं वर्षको इतिहासमा पहिलो पटक मानिसहरूले आफ्नो आँखाले त्यो ठाउँ देखिरहेका छन्
त्यो तस्बिर विश्वलाई देखाउने काम भारतले गरिरहेको छन् अगस्त 23 भारतलाई चन्द्र यान लाइ सफलतापूर्वक अवतरण गरेको थियो भारतको रोबन् प्रज्ञानले चन्द्रमामा आफ्नो गतिविधि शुरू गरेको छ।
बेङ्लोरमा रहेको इश्रोको केन्द्रमा मोदीले वैज्ञानिकहरू बाट प्रज्ञान रोबरको जानकारी समेत लिएका छन् । सो अवसरमा वैज्ञानिकहरूले मोदीलाई चन्द्र यानको मोडल पनि प्रस्तुत गरेका छन् वैज्ञानिक हरूलाई सम्बोधन गर्दै मोदीले भने म दक्षिण अफ्रिका गएको थिए त्यसपछि ग्रीस गए तर मेरो दिमाग पूर्ण रुपमा तपाईंहरुमा थियो कहिले काँही लाग्छ तपाईंहरूलाइ अन्याय गर्छु मेरो अधैर्य र तपाई हरुको समस्या तपाई हरु यति बिहानै आउनुपर्यो तर तपाईं हरूलाई कहिले भेटु कहिले नमन् गरु जस्तो गहिरहेको थियो मोदीले भावुक हुँदै भने म भारत आउने बित्तिकै छिटोभन्दा छिटो तपाईहरुको दर्शन गर्न चाहन्थे तपाईंहरू सबैलाई सेलुट गर्न चाहन्छु