काठमाडौँ ः आज बागमती सरसफाइ अभियानको आयोजना तथा विभिन्न सरकारी गैरसरकारी संघ सस्थाको आयोजनामा बागमतीमा जलजात्रा सुरु भएको छ। नेपालमा रहेका विभिन्न तिर्थस्थलको जल बागमतीमा मिसाइ पन्चकन्न्याहरुले दिप प्रजोलन गरि सुरु गरिएको छ। उक्त कार्यक्रममा सरकारका विभिन्न निकायका प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही लगायत ललितपुर माहानगरपालिकाका प्रमुख चिरबाबु महर्जनको उपस्थिती रहेको उक्त जलजात्रा कार्यक्रम उदघाटन गरिएको छ। उक्त कार्यक्रम लाई अझै रोमाञ्चक बनाउन विभिन्न सास्कृतिक कार्यक्रम गरिए सङ्गै र्याफ्टिङ्ग सुरु गरिएको छ ।
पवित्र बागमती नदीलाई संरक्षण गर्न काठमाडौंवासीहरूको माझमा बागमती नदी र यसका सहायक नदीहरूको स्थिति बारेमा जानकारी दिँदै बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकहरूको लागि शुद्ध जल तर्पण योग्य बनाउने जलजात्रा कार्यक्रमको मुख्य उद्धेश्य रहेको नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सीजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए।
