धरान । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेमाथि सत्तापक्षका दलमा आबद्ध पहिचानवादी आन्दोलनकारीले आक्रमण प्रयास गरेका छन् ।
युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबीसे गाउँपालिका जाने क्रममा थेबेमाथि ढुंगामुढा भएको युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए ।
जसपा नेता आङकाजी शेर्पाको उक्साहटमा नियोजित रुपमा आक्रमण प्रयास भएको भन्दै सरकारले अराजकहरुलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिने चेतावनी युवा संघले दिएको छ ।
यसअघि जसपासहित विभिन्न जातीय संगठनले थेबेलाई धनकुटा प्रवेशमा निषेध लगाइएको भन्दै वक्तव्य निकालेका थिए । युवा संघले पहिचानवादीका नामा सत्तापक्ष हिंसा र आक्रमणमा उत्रिएको भन्दै प्रतिवादमा निस्किए महँगो पर्ने चेतावनी दिएको छ ।