काठमाडौँ ः नेपालबाट मलेसियामा रोजगारिका लागि आज भन्दा करिब ६ महिना अगाडि ५० जना नेपालि युवाहरु रोज मेनपाबर, लक्की मेनपावर,मुस्कान मेनपावर लगायत अन्य धेरै मेनपावरबाट क्लिनर काम भनि मलेसियाको कोतादमसार सेक्टर ८ स्थित मेनफोर्स सप्लाई कम्पनिमा गएका थिए । ति ५० जना युवाहरुलाई अझै पनि काम नलगाई कोठामै सुत्नु परेको एक जना पिडित मोहन बिक्रम रावतले हामिलाई जानकारि दिएका छन । ति ५० जना युवाहरु मध्ये केहिको नाम खुल्न आएको छ ।
१) मोहन बिक्रम रावत
२) रमेश पुनमगर
३) नबिन
४) दल बहादुर बोहरा
५) सबिन गहतराज

मेनपावरसंगको सम्झौता अनुसार आठ घण्टाको १५ सय रिङगेट पाउने सम्झौता भए पनि कामै नपाई सुत्नु परेको र घरबाट विदेशिदा लागेको ऋणको ब्याज समेत तिर्न नसकि पिडामाथि पिडा थपिएको दुखेसो सुसासनलाई पोखेका छन ।
