बैतडीः बैतडीको एक वडा कार्यालयको भवन पहिरोको जोखिममा परेको छ।
जिल्लाको पुर्चाैडी नगरपालिका–१० को वडा कार्यालयको भवन पहिरोको जोखिममा रहेको छ। भवन अगाडीको पर्खाल नै भत्किएपछि भवन जोखिममा रहेको वडा कार्यालयले जनाएको छ।
आइतवार रातीको अविरल वर्षाका कारण भवन अगाडीको पर्खाल भत्किएको र भवन जोखिममा रहेको सामाजिक परिचालक रनबहादुर बिष्टले बताए।