कैलाली । महाकाली नदीमा पानीको बहाव बढेको छ । लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।
बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले शारदा ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको जानकारी दिए ।
उनकाअनुसार एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा आइतबार साँझदेखि रोक लगाइएको थियो ।