काठमाडौं : केही हप्ता अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन फर्किन लागेको अवस्थामा उनीहरूलाई विमानस्थलबाट नै पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा चिनियाँ नागरिकहरु ली जियाइलियन र लिउ फुयान रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए।
उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।