काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई जवाफ फर्काएका छन्।
महामन्त्री थापाले बुधवार अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ‘विचारभन्दा माथि देश मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो’ भन्ने अभिव्यक्तिप्रति विमति राख्दै जवाफ फर्काएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘विचार व्यक्तिको हुन्छ। व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ। पार्टी समूहको हुन्छ। देश सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुवैको विचार अटाउनु पर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ ’उनले फेसबुकमा लेखेका छन् ।
देशको भूराजनीतिक र आन्तरिक अवस्थालाई मनन गरेर वैचारिक रूपमा आफू राजसंस्थावादी नभए पनि बीपी कोइरालाले अत्यन्त कठिन घडीमा समेत आफ्नो विचारभन्दा माथि देशलाई राखे र त्यसै अनुरूप क्रियाशील रहेको उल्लेख गर्दै उनी ‘राजनीतिकर्मी’ होइन, ‘राजनेता’ कहलिएको बताएका छन्।
आफ्नै कार्यकर्ता र नेताको घाँटी रेट्ने, छातीमा गोली ठोक्ने माओवादीको वैशाखी नटेकी कांग्रेसले राजनीति गर्नै नसक्ने भएको बताएका छन्।
उनले गगन आफैँ प्रधानमन्त्री भए पनि फाट्टफुट्ट केही राम्रा काम बाहेक समग्र देश रूपान्तरणको कार्य गर्नै नसक्ने उनको भनाइ छ।