काठमाडौं । कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपन पुगेको छ ।
बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन लागेको हो । खोला माथिको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली पुगेको छ ।
स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर ७का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर बीच वार्ता भइरहेको छ ।