बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।
महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए। ‘महिनावारी भएको चार दिन भएको रहेछ, गाईर्भैँसीकै गोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलउन गएको समयमा उनको घरमै मृत्यु भयो’ ।
किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा १० मा अध्यानरत थिइन् । महिनावारी भएको बेला अधिकांस जसो महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन्। ‘देविदेवताको डरका कारण केहि महिला तथा किशोरीहरु गोठमा सुत्छन्, केहि घरमा अलग्गै सुत्ने गरेका छन् ।
Melauli news