मेलौलीमा राष्ट्रिय प्रसारण लाइन बिस्तारका लागि बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापन पत्र बुझाईएको छ। मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्द र मेलौलीमा राष्ट्रिय प्रसारण लाईन बिस्तारका लागि गठन गरिएको संघर्ष समितिले मंगलबार ज्ञापन पत्र बुझाएको हो।
सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाको लाइनले आपुर्ति धान्न नसकिरहेको भन्दै राष्ट्रिय प्रसारण लाईन जडान प्रकृयाको पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाईएको हो। मेलौलीका कार्यालय, स्वास्थ्य संस्था, बिद्यालय लगायत ब्यापार ब्यवसाय गर्ने ब्यवसाहिहरुलाई बिद्युतिय कार्य गर्न समस्या भईरहेको भन्दै राष्ट्रिय प्रसारण लाईन जडानका लागि ज्ञापनपत्र बुझाएको मेलौली बजार ब्यवस्थापन एंब राष्ट्रिय प्रसारण लाइन संघर्ष समितिका उप-संयोजक सुरत पार्किले बताए।
मेलौली नगरपालिकाको लामालेक बजारमा नेपाल बिद्युत प्राधिकरण बैतडीले राष्ट्रिय प्रसारण लाईनबाट बिद्युत सेवा दिईरहेका सोहि सेवा मेलौलीको क्याम्पससम्म बिस्तार गरिदिन आग्रह गरिएको छ। नगर क्षेत्रमा सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाले विद्युतको कार्य गरेपनि आवश्यक अनुसारको विद्युत आपुर्ति हुन नसकेको जनाईएको छ।
सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाको भरमा व्यवसायीहरुले विभिन्न विद्युतबाट चल्ने उपकरणहरु ल्याएका छन्। उपकरण सञ्चालनमा ल्याइसकेपछि बीच बीचमा बिद्युत आउने जाने गर्दा विद्युतीय उपकरणहरु समेत विग्रिने समस्या बढेको ब्यापारिहरुले भनाई रहेको छ।
सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाको लाइनले आपुर्ति धान्न नसकिरहेको भन्दै केहिदिन अगाडी राष्ट्रिय प्रसारण लाईन जडान गर्न माग गर्दै संघर्ष समिति गठन गरिएको थियो।
संघर्ष समितिको संयोजकमा बिरेन्द्र भट्ट, उपसंयोजकमा सुरत पार्कि चयन भएका थिए। यसैगरी संघर्ष समितिको सचिवमा गणेश दत्त भट्ट, सदस्यहरुमा रमेश ओझा, नरहरी चन्द, मनि दत्त ओझा, केशव सिंह विष्ट, कृष्ण सिंह भण्डारी, राजेन्द्र सिंह विष्ट, सुरेन्द्र बहादुर चन्द, कैलाश महर, बलराम विष्ट र प्रकटराम दमाई चयन भएका थिए।
