काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि युरोपेली संघका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेकी छन्। प्रधानमन्त्री दाहाल भेट्न राजदूत डोप्रेज मंगलबार बिहान बालुवाटार पुगेकी थिइन्।
भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनीहरुबीच नेपाल र युरोपेली संघबीचको सम्बन्धलगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।