सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।
सोमबार राति परेको वर्षाका कारण भीमदत्त राजमार्गको खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएपछि अवरुद्ध भएको हो।
यस्तै कालोपत्रे सडक भत्किएको छ।
विभिन्न ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ।
सडक अबरुद्ध भएपछि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, अछाम, डोटी बाजुरा, बैतडी, बझाङ र दार्चुला आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाडौं जाने यातायातका सधान बाटोमै रोकिएका छन्।
हजारौं यात्रुहरु बीचबाटोमै अलपत्र परेको यात्रु सुरेन्द्र थापाले बताए। धेरै ठाउँमा पहिरो गएर सडक नै भासिएको छ। सडक मर्मत गर्ने काम भइरहेका छन्।