काठमाडौं : राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुन तस्करीको अनुसन्धानको फाइल प्रहरीलाई जिम्मा लगाएको छ।
आइतबार पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करीको अनुसन्धानको सम्पूर्ण फाइल थप छानबिनका लागि प्रहरीलाई बुझाएको जानकारी दिए।
यही साउन २ गते हङहङबाट ब्रेकसुको नाममा भित्रिएको एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
सुन तस्करी प्रकरणको अनुसन्धान विभागले गर्दै आएपनि निष्कर्शमा पुग्न नसकिने भन्दै चौतर्फी विवाद भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)लाई जिम्मा दिन सहमत भएका थिए।
सुन तस्करी प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।