काठमाडौं । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले भारतीय दूतावास लाई पत्र मार्फत आग्रह गरेको छ । शनिबार संसद शाहीले नेपाल का लागी राजदूतावास लैनचौर काठमाडौँलाई गौरीकुण्डमा बिहीबार रातिदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपाली नागरिक लगायत जुम्ला जिल्ला पातरासिका नागरिकहरूको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन् ।
रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी २० जना बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली रहेका छन् । दूतावासका अनुसार त्यहाँको उत्तराखण्ड सरकारले शनिबार बिहानैबाट बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको बताएका छन् ।