काठमाडौँ ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरू धनगढी पुगेका छन्। शुक्रवार र शनिवार हुने पार्टी प्रशिक्षण कार्यक्रममा भाग लिन नेताहरू धनगढी गएका हुन्। पार्टी नेता र कार्यकर्ताहरूलाई प्रशिक्षण दिन केन्द्रीय उपसभापति डिपि अर्याल, सांसद गणेश पराजुली र विराजभक्त श्रेष्ठ, पूर्व बैंकर अनिलकेसरी शाह र सह महामन्त्री कबिन्द्र बुर्लाकोटी शुक्रवार धनगढी गएका हुन्
शुक्रवार र शनिवार धनगढीमा दुई दिने प्रशिक्षण चलाउन नेताहरू धनगढी गएका हुन्। धनगढी पुगेर राजपुरमा रहेको पार्टीको प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा उपसभापति अर्यालले पार्टी संसदीय मार्यादाको परिधिभित्र रहेर रचनात्मक प्रतिपक्षीको भूमिका खेली रहेको बताएका हुन्। उनले पार्टीले सरकारका गरेका राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गरिरहेको बताएका छन्।
उपसभापति अर्यालले आफ्नो पार्टीले विद्यमान संवैधानिक प्रावधानकै अधिनमा रहेर देशमा सुधारका काम गर्न सकिन्छ भन्ने मान्यता बोकेको बताए। दुई दिनसम्म चल्ने प्रशिक्षणमा रास्वपा सुदूरपश्चिमका नेताहरूको सहभागिता रहने रास्वपा सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ।