सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक मृत फेला परेका छन्।
बिहीबार दिउँसो ३ बजे १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका-७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार मृतकको शव सनाखत भइसकेको छ।
मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो। पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ।