काठमाडौं : कोसी प्रदेशको मन्त्रिपरिषदमा नअटाएपछि प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य काठमाडौं आइपुगेका छन्। उनी बुधबार हवाई माध्यमबाट काठमाडौं आइपुगेका हुन्।
एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री मन्त्री बनेका आचार्य कांग्रेस नेता उद्धव थापा पहिलोपटक मुख्यमन्त्री नियुक्त हुँदा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
सर्वोच्च अदालतले थापा नेतृत्वको सरकारलाई अवैध ठहर गरेपछि सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार गठनमा सहयोग गरेका थिए। सभामुखबाट राजीनामा दिएका गौतम बुधबार आचार्यले सम्हालेको आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन्।
गौतमलाई आचार्यको ठाउँमा मन्त्री बनाउन माओवादी नेताहरूले शीर्ष नेतृत्वलाई दबाब दिएको स्रोतको भनाइ छ। आचार्य मन्त्री बन्न नपाएपछि झोंक्किएर काठमाडौं आएको ती स्रोतको भनाइ छ। Annapurn