बैतडी- सुदूरपश्चिममा मानव बेचबिखनका घटनाहरु रोकिन सकेको छैन् । सुदूरपश्चिम प्रदेशका भरतसंग जोडीएका सीमानाकाहरुबाट हुने मानबतस्करी रोकिन चुनौती थपिएको छ ।
भारतसंग जोडीएका खुला सिमानाकाहरुबाट पनि मानब बेचविखन हुने गरेका छन् । यस वर्ष बढी जसो कैलाली, कञ्चनपुर र डडेल्धुराबाट मानव बेचविखनमा परेको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ट उपरिक्षक प्रज्वल महर्जनले बताए ।
उनका अनुसार तीन वर्षको तुलनामा मानव बेचविखनमा घडबढ भइरहेको छ । २०७७।७८मा मानवबेचबिखन सम्बन्धि २४ ओटा मुद्या दर्ता भएकोमा ७८।७९ मा घटेर ९ वटा मात्रै मुद्दा दर्ता भएका छन् ।
२०७९।८० मा फेरी बढेर ११ ओटा मुदा दर्ता भएका छन् । गत वर्षको तुलनामा यस वर्ष केही मात्रामा बढेको उनले बताए ।
बढी जसो २० वर्ष माथीका युवती तथा महिलाहरु वेचविखनमा पर्ने गरेको उनको भनाइ छ । काम गर्न सक्ने खालका किशोरकिशोरीहरु पनि वेचविखनमा पर्ने गरेको महर्जनले बताए ।
भारतसंग जोडीएका सीमानाकाहरुबाट बेचविखनमा पर्ने गरेको बताइएको छ । बढी जसो कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डा चौकी सिमानाकाबाट बेचविखनमा पर्ने गरेको प्रहरीले जनाएको छ ।
विभिन्न प्रलोभनमा पारेर भारतमा बेचविखन गर्ने गरेको पाइएको बताइएको छ । अधिकासंहरुले त प्रहरीको नियन्त्रणमा आइसकेपछि वेचविखनमा परेका थाहा पाउने गरेको देखिएको समेत पाइएको प्रहरी वरिष्ट उपरिक्षक प्रज्वल महर्जनले बताए ।
उनले भने, “विभिन्न प्रलोभनमा परेर घरबाट जान्छन् । तर हाम्रो नियन्त्रणमा आएपछि बल्ल उनीहरुले आफु वेचविखनमा परेको भन्ने थाहा पाउँछन् ।’’
गरिबी तथा बेरोजगारीकै कारण बढीजसो युवती, महिला तथा बालबालिकाहरु मानव बेचबिखनमा परेको बताइएको छ ।
मानवबेचविखन तथा ओसारपसार सम्बन्धी कसुर गर्ने व्यक्तिलाई मानव बेचविखन ओसारपसार (नियन्त्रण) ऐन २०६४ को १५ (१) को खण्ड (घ), च र ज को उपदफा ६ तथा दफा २४ मा ३ वर्षसम्म कैद तथा ३० हजारसम्मको जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।