बैतडी ।
भारतसंग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । यहाँको गएको तीन वर्षको तथ्यांक हेर्दा हरेक बर्ष हराउने महिला तथा बालबालिकाकोे संख्या बढ्दै गएको हो ।
गएको तीन वर्षयता यहाँबाट दुई सय बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष २०७७ ÷७८ देखि आर्थिक वर्ष २०७९ ÷८० सम्म यहाँ दुईसय ४३ महिला तथा बालबालिका हराएका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुुसार आर्थिक वर्ष २०७७ ÷७८ मा ६०, आव २०७८ ÷७९ मा ७८ र गत आव २०७९ ÷८० मा एकसय पाँचजना हराएका छन् । हराउनेमा सबैभन्दा बढी महिला रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हराएकामध्ये केहि फेला पर्ने गरेका भएपनि आधाजसो अझै सम्कर्पविहीन रहेका प्रवक्ता जोशीले बताउनुभयो । गत आर्थिक बर्षमा १०५ जनाको खोजीका लागि प्रहरीमा निवेदन आएकोमा ५५ जना फेला परेका छन् । उक्त वर्ष ७२ जना महिला, २१ बालिका, १० बालक र २ जेष्ठ नागरिक हराएका थिए । हराएका मध्ये ३३ महिला, १२ बालिका, ९ बालक र एकजना जेष्ठ नागरिक फेला परेका हुन् र
यस्तै आर्थिक बर्ष २०७८ ÷७९ मा ४० जना महिला, २६ बालिका र १२ बालक हराएका थिए । ती मध्ये २३ महिला, १६ बालिका र ६ बालक मात्रै फेला परेका छन् । दुई बर्षको अवधिमा हराएका मध्ये एकसय जना फेला परेका छन् भने ८३ जना अझै हराइरहेका प्रहरी निरीक्षक जोशीले बताउनुभयो । यसका साथै आव २०७७÷०७८ मा हराएका ६० जनामध्ये ३९ मात्रै फेला परेका र अरु सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ ।
आफन्तहरुले खोजीकार्यका लागि भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा हराएका महिला तथा बालबालिकाको संख्या एकीन गर्ने गरिएको प्रहरी प्रवक्ता जोशीले बताउनुभयो । हराएको बेला प्रहरीलाई खोजीका लागि निवेदन दिएपनि हराएको मान्छे फेला परेपछि प्रहरी जानकारी दिदैनन् । उहाँले भन्नुभयो,“ हराएकाहरुको अझै पनि जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरि खोजी भइरहेको छ । हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भएपनि धेरैजना भेट्टिएका भएपनि प्रहरीमा खबर नै गर्दैनन् ।”
धेरै जसो भागेर भारत जाने र उतै काम गर्ने भएकाले उनीहरुको फेला नपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ । घरेलु हिसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्ने लगायतका कारणले महिलाहरु हराउने गरेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । श्रीमान वैदेशिक रोजगारीमा गएका कारण श्रीमती पर पुरुषसँग लागेर भागेको घटना पनि हुने गरेका छन् । उहाँले भन्नुभयो,“मोबाइल र सामाजिक सञ्जालको दुरुपयोगले पनि पछिल्लो समय यस्ता घटना बाहिर आइरहेका छन् । उमेर नपुगी बिहे गर्ने र घरपरिवारलाई जानकारी नै नदिने कारणले महिला बढी हराएका घटना देखिएका हुन् ।”
भागी बिहे गरेको धेरै वर्षसंम्म पनि घरपरिवारको सम्पर्कमा समेत नआउने गरेका छन् । सीमानाकाहरुमा पनि प्रहरीले शंकास्पद व्यक्तीलाई सोधपुछ गर्ने गरेको छ ।
सम्पर्क
काठमाण्डौ महानगरपालिका १० बानेश्वर
समाचार, लेख, रचनाको लागि सम्पर्क :
९७६१८०१५८३
विज्ञापनको लागि सम्पर्क
९७६१८०१५८२
[email protected]
हाम्रो टिम
- प्रधान सम्पादक: प्रभात राज पाण्डे
- निर्देशक: प्रकाश सिंह 9861312443/ 9863762513
- कार्यक्रम संयोजक: भिमसेन मैनाली
9761801583 - कार्यक्रम प्रबन्धक: नरेश नायक 9842762392
- व्यरो ईन्चार्ज: गौरव जोशी
9761801582