काठमाडौँ ः बैतडीको मेलौली नगरपालिका–०१ का केहि ठाउ र ७ मा अबरुद्ध भएको बिद्युत सुचारु गरिदिन सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनालाई अनुरोध गरिएको छ। बिद्युत लाईन अबरुद्ध हुदा सेवा ग्राही र ब्यवसाहिहरुलाई समस्या भएकाले अबरुद्ध बिद्युतको समस्या समाधान गरिदिन आग्रह गरिएको हो।
मेलौली बजार ब्यवस्थापन तथा राष्ट्रिय प्रसारण लाईन जडान संघर्ष समितिका संयोजक बिरेन्द्र भट्टले सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनालाई एक निबेदन बुझाउदै अबरुद्ध बिद्युत सुचारुका लागि आग्रह गरेका हुन। बिग्रीएको थ्रि–फेज लाईन जडान गर्न निबेदन मार्फत अनुरोध गरिएको उनले बताए।
सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाले बिग्रीएको थ्रि–फेज लाईन जडान गर्न नसक्ने अवस्था भएमा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन बिस्तारमा आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ। मेलौली बजार ब्यवस्थापन तथा राष्ट्रिय प्रसारण लाईन जडान संघर्ष समितिले राष्ट्रिय प्रसारण लाईन बिस्तारमा मार्ग प्रसस्त गरिदिन निबेदन मार्फत आग्रह गरिएको हो।
सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजना अन्र्तगत बिस्तार भएको थ्रि–फेज लाईनको बिद्युत केहिदिन यता अबरुद्ध भएको छ। बिद्युत अबरुद्ध हुदा सेवा ग्राही र ब्यापार ब्यवसाह गर्नेलाई समस्या भएको जनाईएको छ।
सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाको लाइनले आपुर्ति धान्न नसकिरहेको भन्दै शनिबार राष्ट्रिय प्रसारण लाईन जडान गर्न माग गर्दै संघर्ष समिति गठन गरिएको थियो। संघर्ष समितिको संयोजकमा बिरेन्द्र भट्ट, उपसंयोजकमा सुरत पार्कि चयन भएका थिए। यसैगरी संघर्ष समितिको सचिवमा गणेश दत्त भट्ट, सदस्यहरुमा रमेश ओझा, नरहरी चन्द, मनि दत्त ओझा, केशव सिंह विष्ट, कृष्ण सिंह भण्डारी, राजेन्द्र सिंह विष्ट, सुरेन्द्र बहादुर चन्द, कैलाश महर, बलराम विष्ट र प्रकटराम दमाई चयन भएका थिए।
संघर्ष समितिले आजै राष्ट्रिय प्रसारण बिस्तारका लागि मेलौली नगरपालिकालाई पनि अनुरोध गर्दै निबेदन बुझाएको छ। नगर क्षेत्रमा सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाले विद्युतको कार्य गरेपनि आवश्यक अनुसारको विद्युत आपुर्ति हुन नसकेको बजार ब्यवस्थापन समिति उपाध्यक्ष बिजय सिह नायकले बताए। सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजनाको भरमा व्यापार, व्यवसायीहरुले विभिन्न विद्युतबाट चल्ने उपकरणहरु ल्याएका छन्। उपकरण सञ्चालनमा ल्याइसकेपछि बीचबीचमा बिद्युत आउने जाने गर्दा विद्युतीय उपकरणहरु समेत विग्रिने समस्या बढेको जनाईएको छ।
