काठमाडौँ : राप्रपा निकट भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रिय महाधिबेसन आयोजक समितिको बैठक सम्पन्न आज दिउसो १ बजे देखी चावहेल स्थित राप्रपा पार्टी कार्यालयमा महाधिबेसन आयोजक समिति संयोजक सुजित केसिको अध्यक्षता मा बसेको थियो ।
उक्त बैठक ले संगठनको संरचना निर्माण गर्ने सम्वन्धि निर्णय गरेको गरेको जानकारि संगठनका प्रचार प्रसार संयोजक कल्याण बिक्रम आचार्य ले बताउनु भएको छ ।
निर्णयहरू :
१. आगामी श्रावण २७ गते अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि देश भरि अन्तराष्ट्रिय युवा दिवस मनाउने र के के कार्यक्रम गर्ने सम्बन्धमा २० गते बस्ने बैठकले निर्णय गर्ने । २.उपत्यका विशेष समिति गठन गरि सन्जय कार्कीको संयोजकत्वमा सुदिप फुयाल सचिब र किसन थुसालाई मनोनित गरेको छ । ३. श्रावण २० गते पुनः बैठक बस्ने निर्णय गरेको छ।
