काठमाडौँ ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मेलौली ५ मा वडा कमिटी बिस्तार भएको छ। रास्वपाका मेलौली नगर सभापति अर्जुन दत्त भट्टको प्रमुख आतिथ्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा कमिटी बिस्तार भएको छ।
सोमबार भएको वडा भेलाबाट शंकर दत्त भट्टको सभापतित्व ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिएको रास्वपा मेलौली नगर समिति सभापति अर्जुनदत्त भट्टले जानकारी दिए। यसैगरी वडा कमिटीको उपसभापतिमा राजु सार्की, सचिबमा रमेश दत्त भट्ट, कोषाध्यक्षमा संगिता चन्द लगायत ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिएको जनाईएको छ।
वडा कमिटी बिस्तारको क्रममा नेपालि कांग्रेस, नेकपा एमाले र राप्रपा लगायतमा लामो समयसम्म आबद्ध ब्यक्तिहरु रास्वपा प्रबेश गरेको रास्वपा मेलौली नगर समिति सभापति भट्टले जानकारी दिए। नेपालिका काग्रेसमा ५ बर्षसम्म आबद्ध कृयाशिल सदस्य महारुद्र मन्दिरका मुखिया सुरेन्द्र बहादुर चन्द, पञ्चायत कालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय भएका रण बहादुर चन्द, नेकपा एमाले पार्टीमा करिब १० वर्ष देखि संगठित सदस्यका रुपमा रहेका शंकर दत्त भट्ट, एमालेमै ३० वर्ष देखि संगठित सदस्यका रुपमा रहेका नरेन्द्र बाहादुर चन्द र निवर्तमान वडा सदस्य राजु सार्की लगायतका ब्यक्तिहरु रास्वपा प्रबेश गरेको जनाईएको छ।
यतिबेला रास्वपा मेलौलीले मेलौली वडा कमिटी बिस्तारमा रहेको छ। यस अगाडी रास्वपा मेलौलीले दुईओटा वडाका कमिटी गठन गरिसकेको छ। मेलौली नगरपालिका वडा नं २ र ७ मा वडा कमिटी गठन गरेको छ। वडा नंः २ मा गणेश दत्त जोशीको सभापतित्वमा ११ सदस्यीय वडा कमिटि र वडा नंः ७ मा राज सिंह भाटको सभापतित्व ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिसकिएको जनाईएको छ।
यहि श्रावण १७ गतेसम्म पालिका र वडा तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कमिटी गठन गरिसक्ने केन्द्रको निर्णय अनुसार रास्वपा मेलौली कमिटी बिस्तारमा लागि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलौली नगर सभापति भट्टले जानकारी दिए।
पुरानो पाटि परित्याग गरि रास्वपामा प्रबेश गरेको ब्यक्तिहरुको बिवरण ।




