राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका संयोजकले पत्रकारलाई कुटपिट गरेका छन्। जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकार सुनिल मण्डललाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन्।
बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई घरबाटै सोमवार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ।
खड्का स्वयं उक्त होटलका सञ्चालक समेत हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन्।