काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चियापानको आयोजना गरेका छन् ।
९ साउनको (मंगलबार) विहान ९ बजे कोइरालाले चियापानका लागि नेताहरुलाई आमन्त्रण गरेका छन् ।
चियापानमा पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरुलाई आमन्त्रण गरिने कोइरालाका स्वकीय सचिव भरत कोइरालाले जानकारी दिए ।
चियापानको स्थान लैनचौरस्थित लैनचोर ब्याङ्केट तोकिएको छ ।
साउन २ गतेदेखि बसिरहेको कांग्रेस बैठक भोलि दिउँसो ३बजेदेखि सुरू हुनेछ ।